२०८२ मंसिर २९ गते

केन्द्रीय बैंकले सार्वजनिक गर्यो आर्थिक रिपोर्ट, शोधनान्तर स्थिति बचतमा (पूर्ण पाठसहित)

बैंकिङ खबर / केन्द्रीय बैंकले चार महिनाको आर्थिक रिपोर्ट सार्बजनिक गरेको छ । जसमा चालु खाता र शोधानान्तर स्थिति दुवै बचतमा छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रूपैयाँले बचतमा रहेको थियो। यसैगरी समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँलेले बचतमा थियो। 

यसैगरी  चार महिनामा मुलुकमा ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको छ। नेपाल नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याकमा सो रकम देखिएको हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशबाट भित्रिने रेमिट्यान्सको हिस्सा ३१.४ प्रतिशतले वृद्धि भइ ६८७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको हो । विदेशमा रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ । चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार रहेको केन्द्रीय बैंकले जनाएको छ ।

nrb new matter