बैंकिङ खबर / चार महिनामा मुलुकमा ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको छ। नेपाल नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याकमा सो रकम देखिएको हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशबाट भित्रिने रेमिट्यान्सको हिस्सा ३१.४ प्रतिशतले वृद्धि भइ ६८७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको हो । विदेशमा रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ । चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार रहेको केन्द्रीय बैंकले जनाएको छ ।