२०८२ मंसिर २८ गते

ऋण लिने र साक्षि बस्नेहरुलेनै बैंकका कर्मचारीमाथि कुटपीट गरे

बैंकिङ खबर / ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, कुटपीट गर्ने तथा दुर्व्यवहार कार्य गरिएको छ । सप्तरीको रुपनी शाखामा कार्यरत बैंकका कर्मचारी ऋण असुली गर्न जाँदा कालोमोसो सहित दुर्व्यवहारको शीकार भएका हुन् । ज्योति विकास बैंकका अनुसार मंसिर २५ गते बैंकका कर्मचारीहरु माथि यस्तो दुर्व्यवहार भएको हो । ऋण लिने र साक्षि बस्नेहरुबाटै कर्मचारीहरु कुटिएका हुन् । कर्मचारीमाथि भएको दुर्व्यवहारका बारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराइएको बतायएको छ ।