२०८२ मंसिर २८ गते

अख्तियारद्धारा तत्कालीन अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैंकिङ खबर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थ समिति सभापति एवं गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाली कांग्रेसका नेता समेत रहेका उनी विघटित प्रतिनिधिसभाका सांसद एवं अर्थ समिति सभापति हुन् । आयोगले विशेष अदातलमा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरेको हो।