२०८२ मंसिर २४ गते

प्रभु बैंक प्रकरण : सिइओको बयानपछि बैंकका रेमिट्यान्स शाखा प्रमुख पक्राउ !

बैंकिङ खबर / प्रभु बैंकमा कार्यरत रेमिट्यान्स शाखा प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन् । उनलाई उच्च अदालत पाटनबाट पक्राउ पुर्जी लिएर ललितपुर महानगरपालिका ११ बाट पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको हो । शाक्यमाथि प्रभु म्यानेजमेन्टलाई नियम विपरीत सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबार गर्न एडभान्स रकम उपलब्ध गराएको र सो कम्पनीसँग कारोबार स्थगित भएपछि पनि नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत उक्त रकम लामो समयसम्म प्रयोग गर्न दिएको अभियोग छ । उनीमाथि प्रभु बैंकलाई करिब ८ करोड ९३ लाख हानी गराएको तथा कर्जा प्रवाह दुरुपयोग गरेको अभियोग लागेको छ । बैंकका सिइओ अशोक शेरचनको बयानपछि उनलाई पक्राउ गरिएको बताइएको छ । सीआइबीले यसअघि प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनालाई पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।