बैंकिङ खबर/ एआई मोडलमा बैंकवित्त प्रवेश गर्दै गर्दा बैंकिङ रोजगारीमा संकट उत्पन्न हुने देखिन्छ । विश्वका बैंकवित्तले यो कुरा प्रक्ष्ट देखाएका छन् जसअनुसार २०२७ सम्म नेपालमै पनि यसको प्रभाव अत्याधिक हुने प्रक्षेपण गरिएको छ । विश्व प्रविधिकरणको तीव्र गतिमा दौडिरहेको छ । कृत्रिम बुद्धिमत्ता, ब्लकचेन, डिजिटल बैंकिङ र फिनटेकको उदयले बैंक तथा वित्तीय क्षेत्रलाई तीब्र गति दिएको छ । तर, यो विकासले अर्को ठूलो प्रश्न पनि खडा गरिदिएको छ, ‘मानव संशाधनको भविष्य के हुन्छ ? पछिल्लो दशकमा प्रविधिको कारण विश्वभर लाखौं बैंकिङ कर्मचारीहरूको रोजगारी कटौती भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको तथ्यांकअनुसार मात्र सन् २०१५ देखि २०२२ सम्म युरोप, अमेरिका र एसियाका प्रमुख बैंकहरूले करिब ३० लाखभन्दा बढी कर्मचारी घटाएका छन् । सन् २०२७ सम्म यो संख्या दोब्बर हुन सक्ने प्रक्षेपण गरिएको छ ।
नेपाल पनि यसै बाटोमा अघि बढिरहेको छ । नेपालमा डिजिटल बैंकिङको तीव्र विस्तार, मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, डिजिटल वालेट र कृत्रिम बुद्धिमत्ताको प्रयोगले ग्राहकलाई सहजता त दिएको छ तर बैंकिङ रोजगारीमा भने अनिश्चितता बढाएको छ ।
विश्वव्यापी परिवेश : प्रविधिले ल्याएको तीव्र परिवर्तन
अमेरिकाको जेपी मोर्गन, सिटी बैंक, डच बैंक जस्ता ठूला संस्थाहरूले एआइ र डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिएपछि हजारौं कर्मचारी कटौती भएका छन् । उदाहरणका लागि, २०२३ मा मात्र सिटी बैंकले आफ्नो वैश्विक शाखा नेटवर्कमा १२ प्रतिशत स्टाफ कटौती गरेको थियो । पहिले ग्राहक सेवा गर्न सयौं ‘कस्टमर केयर अफिसर’ आवश्यक पथ्र्यो । अहिले भने एआइ च्याटबट र ‘भर्चुअल असिस्टेन्ट’ ले २४ घण्टा ग्राहकलाई सेवा दिइरहेका छन् । यसैगरी, ऋण स्वीकृति, कर्जा जोखिम विश्लेषण, दस्तावेज प्रमाणीकरण जस्ता कार्यहरू पनि अब मानवीय श्रम भन्दा बढी सफ्टवेयरमा निर्भर हुन थालेका छन् ।
नेपालमा प्रविधिको विस्तार र प्रभाव
नेपालमा डिजिटल बैंकिङ सेवा विस्तार पछिल्ला पाँच वर्षमा अभूतपूर्व रुपमा भएको छ । मोबाइल बैंकिङ, वालेट र क्विक रेस्पोन्ड कोड क्युआरबाट हुने विद्युतीय भुक्तानी उच्च दरमा बढेको छ । विद्युतीय भुक्तानीका अन्य प्रविधि भए पनि मोबाइल बैंकिङ, वालेट तथा क्युआरका प्रयोगकर्ता बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
असार ०८० सम्म वालेट प्रयोगकर्ताभन्दा २४ लाख २२ हजार एक सय ९६ बढी मोबाइल बैंकिङका प्रयोगकर्ता थिए । असार ०८२ सम्म आउँदा यी दुईका प्रयोगकर्ता करिब बराबरको अवस्थामा आएका छन् । अहिले वालेटभन्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या नौ लाख ७५ हजार ६ सय २४ ले मात्रै बढी छ । अर्थात्, वालेट प्रयोगकर्ताको संख्या पनि उच्च दरमा बढ्दै आएको छ । यद्यपि, यसमा दोहोरोपना पनि रहेको छ । अहिले नेपालमा सञ्चालित सबै बैंकले मोबाइल बैंकिङ सेवा दिएका छन् । यीबाहेक २२ भुक्तानी सेवाप्रदायकले वालेट सञ्चालन गर्दै आएका छन् । यस्तै, विभिन्न नौ भुक्तानी प्रणाली सञ्चालक पनि सञ्चालनमा छन् । जसले भुक्तानीको प्रणाली विकास गर्ने, व्यावसायिक ग्राहक मर्चेन्टलाई क्युआर कोड प्रदान गर्नेलगायतका सुविधा दिँदै आएका छन् ।पछिल्लो तीन आवको तथ्यांक हेर्दा मोबाइल बैंकिङ, वालेट र क्युआर भुक्तानी बढ्दै गएको देखिएको छ । अहिले अधिकांश ग्राहकसँग स्मार्ट फोन छ । त्यसमा वालेट र मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । साथै, त्यसबाट क्युआर भुक्तानी पनि बढेको छ ।
‘क्यासलेस सोसाइटी’
नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेपछि ‘क्यासलेस सोसाइटी’ को अवधारणा बलियो हुँदै गएको छ । यसको प्रत्यक्ष असर मानव संसाधनमा परेको छ । काउन्टरमा नगद जम्मारनिकासी गर्ने कर्मचारी घट्दैछन् । चेक क्लीयरिङमा लाग्ने कर्मचारी संख्यामा कमी आएको छ । शाखा विस्तारको सट्टा डिजिटल शाखा बढाइएको छ । एक बैंकका सिइओले भने, ‘पहिले एक शाखा सञ्चालन गर्न कम्तीमा १५–२० कर्मचारी आवश्यक पथ्र्यो । तर अहिले मोबाइल एप र डिजिटल भुक्तानीका कारण त्यही शाखा ५–७ जनाले सहजै धानिरहेका छन् ।’
२०२७ सम्मको प्रक्षेपण : अझै चुनौतीपूर्ण
अन्तर्राष्ट्रिय अनुसन्धान संस्था म्याकिन्से एण्ड कम्पनी ले २०२७ सम्म विश्वभर बैंकिङ क्षेत्रमा ५०५ भन्दा बढी ‘रिपिटेटिभ वर्क’ एआइले प्रतिस्थापन गर्नेछ भन्ने निष्कर्ष निकालेको छ ।
नेपालको सन्दर्भमा पनि यो प्रभाव प्रत्यक्ष देखिने अनुमान छ
कस्टमर सपोर्ट — ८०५ सम्म एआइद्वारा प्रतिस्थापन
कर्जा मूल्यांकन— डिजिटल स्कोरिङ टुलमार्फत स्वचालित
रिपोर्टिङ र लेखापरीक्षण — सफ्टवेयरमा आधारित
रिस्क म्यानेजमेन्ट — एआइ आधारित पूर्वानुमान प्रणालीले गर्ने
यसको अर्थ, सन २०२७ सम्म पुगेपछि नेपालका बैंकहरूमा हजारौं रोजगारी जोखिममा पर्न सक्छन् ।
रोजगारी संकट मात्र होइन, अवसर पनि
यद्यपि, प्रविधिले केवल चुनौती मात्र ल्याएको छैन, अवसर पनि जन्माएको छ ।
साइबर सुरक्षा विशेषज्ञ ” डिजिटल बैंकिङ बढेसँगै साइबर सुरक्षा उच्च प्राथमिकतामा आएको छ ।
डेटा विश्लेषक र एआइ इन्जिनियर स् बैंकिङ सेवामा ठूलो डेटा व्यवस्थापनका लागि माग बढ्दैछ ।
डिजिटल मार्केटिङ र यूजर एक्सपिरियन्स डिजाइनर स् नयाँ पुस्तालाई आकर्षित गर्न यी रोजगारीहरू आवश्यक छन् ।
तर अझै केही चुनौती छन् स्
ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँचको कमी
प्रविधि नबुझेका वृद्धरवृद्धालाई सेवा लिन कठिनाई
साइबर ह्याकिङ र ठगी बढेको अवस्था
यसैले, प्रविधि विस्तारसँगै जनचेतना, साइबर सुरक्षा र प्रविधि पहुँच सुनिश्चित नगरेसम्म समस्या समाधान हुँदैन ।
भविष्यको बाटो के गर्न सकिन्छ ?
१। कर्मचारीलाई पुनःप्रशिक्षण : बैंकहरूले आफ्ना कर्मचारीलाई डिजिटल स्किल, डेटा एनालिटिक्स, एआइ सम्बन्धी तालिम दिनुपर्छ ।
२। नयाँ रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी : फिनटेक स्टार्टअप, साइबर सुरक्षा, ब्लकचेन टेक्नोलोजीमा लगानी बढाउनुपर्छ ।
३। ग्रामीण डिजिटल पहुँच विस्तार : नेपाल जस्तो मुलुकमा ग्रामीण क्षेत्रमा डिजिटल पहुँच नपुगेसम्म प्रविधि सबल हुँदैन ।
४। मानव–मेसिन सहकार्य : एआइलाई मानवको विकल्प होइन, सहयोगीको रुपमा प्रयोग गर्ने नीति लिनुपर्छ ।
सन् २०२७ सम्मको प्रक्षेपणले बैंकिङ रोजगारी अझ अनिश्चित र प्रविधिनिर्भर हुनेछ । तर यो केवल संकट मात्र होइन, अवसर पनि हो । नेपालले समयमै रणनीति बनाउन सके बैंकिङ क्षेत्रमा रोजगारीको स्वरूप फेरिए पनि नयाँ अवसरको ढोका खुल्नेछ ।