मञ्जुश्री फाइनान्सको १७५ प्रतिशत हकप्रद माघ १० गतेदेखि
मञ्जुश्री फाइनान्स लिमिटेडले आगामी माघ १० गतेदेखि १७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बृद्धि गर्नका लागि १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४३ लाख ८६ हजार ३७५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
फागुन ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।
हाल मञ्जुश्रीको चुक्तापुँजी २५ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ६८ करोड ९२ लाख ८७ लाख ५ सय रुपैयाँ पुग्नेछ ।