Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुनको मूल्यमा उतारचढाव : लगानीकर्तामा अन्यौल, बैंकवित्तका नीतिहरु परिवर्तन हुँदै !

२०८२ मंसिर ७ गते

बैंकिङ खबर /  सुनको मूल्यमा आएको उतारचढावका कारण लगानीकर्ताहरु अन्यौलमा परेका छन् । सुनको मूल्य पछिल्लो समयमा घद्दो छ । नेपालमा सुन प्रतितोला २ लाख ५० हजार माथि पुगेको थियो । यसको मूल्यमा गिरावट आउने वा मूल्य बृद्धि हुने भन्नेबारे फरक फरक विश्लेषण गर्न थालीएका छन् । एकथरीले सुनको बजार मूल्य अत्याधिक बढ्ने प्रक्षेपण गरेका छन् भने अर्कोथरीले सुनको मूल्य घट्ने प्रक्षेपण गरेका छन् । दुवै प्रक्षेपणका कारण लगानीकर्ता भने अन्यौलमाा छन् ।

सबैभन्दा धेरै सुन अमेरिकासँग

हाल सबैभन्दा धेरै सुन अमेरिकासँग छ । अमेरिकाको सुनको भण्डार लगभग ८,१३३ टन छ, जुन जर्मनीको भन्दा दोब्बर बढी हो। यो सुनको भण्डार अमेरिकाको आर्थिक स्थायित्व र विश्वव्यापी आर्थिक प्रभावको प्रतीक हो । अमेरिकाको सुनको भण्डारको केवळ मात्रा नै ठूलो छैन, तर यसको मूल्य पनि लगभग ६८७.७३ अरब डलर छ। यो सुनको भण्डार अमेरिकाको आर्थिक स्थायित्व र विश्वव्यापी आर्थिक प्रभावको प्रतीक हो ।
सबैभन्दा धेरै सुन भण्डारण भएका पाँच देशहरु

अमेरिका   :  ८,१३३ टन
जर्मनी       : ३,३५२ टन
इटली        : २,४५२ टन
फ्रान्स        : २,४३७ टन
रूस         : २,३३६ टन

सुनको मूल्यसँगै बैंकवित्तका नीतिमा आउने परिवर्तनन

पछिल्लो २ बर्ष यता सुनको मूल्यमा अत्याधिक बृद्धि हुँदा विभिन्न बैंकवित्तले समेत सुनलाई सुरक्षित लगानी मान्दै आएका छन् । सुनको मूल्यमा बृद्धि हुँदै गर्दा एनआईसी एशीया बैंक लगायत नेपालका केही बैंकहरुले नीतिगत सुधार गरेरै सुनमा लगानी गर्न थालेका छन् । केही बैंकहरुले भने यसबारे पर्ख र हेरको नीति राखेका छन् । केन्द्रीय बैंकले पनि सुनलाई सुरक्षित लगानीका रुपमा लिएको mछ । तथापी सुनमा गिरावट आयोभने बेंकवित्तमा पनि यसको प्रभाव नकारात्मक पर्ने छ । यसको सिधा अर्थ सुनमा लगानी गर्ने निकायहरु नोक्सानमा जाने छन् ।

सुनलाई विश्व बजारमा ‘सेफ हेभन असेट’ अर्थात् संकटका बेला सुरक्षित लगानीको माध्यमका रूपमा चिनिन्छ । जब विश्व बजारमा अस्थिरता बढ्छ, लगानीकर्ताहरू सुनमा आकर्षित हुने गर्छन् । हाल अमेरिकी डलर कमजोर हुँदा, मध्यपूर्वको तनाव र विश्व आर्थिक अनिश्चितताले सुनको मूल्य लगातार उकालो लागेको देखिन्छ ।

नेपालमा सुनको मूल्य सिधैँ अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित हुँदा बैंकहरू यस प्रवृत्तिलाई आफ्ना लगानी नीतिमा प्रयोग गर्न थालेका छन्। बैंकहरूले सुन धितो कर्जा छोटो अवधिको तरल लगानीका रूपमा हेर्छन् । कर्जा रकम छोटो अवधिमा फिर्ता हुने, धितो सजिलै नीलाम गर्न सकिने, र बजार मूल्य स्थिर हुने भएकाले यो लगानी कम जोखिमयुक्त मानिन्छ। सुन धितो कर्जा बैंकका लागि लो–रिस्क र हाइ–लिक्विड प्रोडक्ट हो। बजारमा लगानी सुस्त हुँदा पनि यसबाट स्थिर आम्दानी सुनिश्चित गर्न सकिन्छ ।

बैंकहरूले पछिल्ला वर्षहरूमा सुन धितो कर्जा प्रक्रियामा प्राविधिक सुधार गरेका छन्। अहिले धेरै बैंकहरूले सुन कर्जाका लागि ‘गोल्ड लोन क्यालकुलेटर’ जस्ता डिजिटल सुविधा सञ्चालनमा ल्याएका छन् । ग्राहकले सुन लिएर आउँदा तत्काल मूल्यांकन गरी रकम खातामा पठाइन्छ । सुन धितो कर्जा व्यक्तिगत तथा साना व्यवसायिक प्रयोजनका लागि विशेष रूपमा लोकप्रिय भएको छ । उपभोक्ताहरूले घर मर्मत, व्यापार विस्तार, वा वैदेशिक रोजगार तयारीका लागि छोटो अवधिको कर्जा सजिलै पाउने गरेका छन् ।