Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले विक्री गर्यो २५ करोडको रिभर्स रिपो, कहिले हुन्छ फिर्ता ?

२०७३ पुष २० गते

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको रिभर्स रिपो विक्री गरेको छ । वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम गर्नका लागि राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बुधबार सात दिने अवधिको रिभर्स रिपो जारी गरेको हो । अनलाइन बोलकबोलका आधारमा विक्री गरिएको उक्त रिभर्स आगामी पुस २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्दछ । यसअघि, गत साताको बुधबार पनि राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरि बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो ।