२०८२ कार्तिक ३० गते

३ महिनामा ११.३ प्रतिशतले बढ्यो विदेशी मुद्रा, नेपालको कुल संचीति ३० खर्ब नजिक

बैंकिङ खबर / विदेशी संचिती रकम ११.३ प्रतिशतले बढेको छ । नेपाली अर्थतन्त्र आन्तरीक रुपमा कम्जोर हुँदै जाँदा आर्थिक सूचकमा भने सकारात्मक प्रभाव देखिएको हो । यो संचीति करिव १६ महिना भन्दा बढी समयलाई प्रसस्त हो । आयातमूखि अर्थतन्त्र हाबी हुँदा नेपालबाट अत्याधिक पैसा बाहिरीन्छ । तथापी बढ्दो रेमिट्यान्सका कारण विदेशी मुद्रा संचीतिमा बृद्धि देखिएको हो । आयातमा केही वृद्धि भएपनि रेमिट्यान्समा भएको उच्च वृद्धिले गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनियम सञ्चिति ३ महिनामा ११.३ प्रतिशतले बढेको हो । ३ महिनामा सञ्चिति ३ खर्ब २ अर्ब रुपैयाँ बृबृद्धि भएको छ । असोज मसान्तसम्ममा नेपालको कुल विदेशी विनियम सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।