Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गण्डकी प्रदेश : पर्यटनमै बैंकिङ लगानी धेरै, सेवा क्षेत्रमा बैंकको लगानी १ खर्ब बढी

२०८२ कार्तिक २८ गते

बैंकिङ खबर / गण्डकी प्रदेशमा पर्यटकीय व्यबसायमै बैंकवित्तको कर्जा अत्याधिक प्रवाह भएको देखिएको छ । होटल र पर्यटन व्यबसायमा भएको लगानी खर्ब नाघेको छ । तथापी हरेक बर्ष लगानी भने घट्दोक्रममा छ । बैंक तथा वित्तीय संस्थाहरूबाट यस प्रदेशमा प्रवाहित सेवा क्षेत्र कर्जा समीक्षा वर्षमा ०.०७ प्रतिशतले कमी आई रु. १ खर्ब ११ अर्ब ५५ करोड रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.२४ प्रतिशतले कमी आएको थियो । समीक्षा वर्षमा गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जा प्रवाह मध्ये सेवा क्षेत्र कर्जा ३१.२६ प्रतिशत रहेको छ । यस आर्थिक वर्ष सेवा क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये थोक तथा खुद्रा बिक्रेतामा रु. ५८ अर्ब ६६ करोड (५२.५८ प्रतिशत), पर्यटनमा रु.२३ अर्ब ८९ करोड (२१.४२ प्रतिशत), वित्त, बीमा तथा अचल सम्पत्तिमा रु. २० अर्ब ६३ करोड (१८.४९ प्रतिशत), यातायात, भण्डारण र संचारमा रु. ४ अर्ब २९ करोड (३.८५ प्रतिशत), अन्य सेवा उपशीर्षकमा रु ४ अर्ब ७ करोड (३.६५ प्रतिशत) कर्जा वक्यौता रहेको छ । समीक्षा वर्षमा सेवा क्षेत्र कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति उपशीर्षकमा प्रवाहित कर्जामा २३ प्रतिशतले वृद्धि भएको छ भने यातायात, भण्डारण र संचार क्षेत्रमा प्रवाहित कर्जामा ९.६५ प्रतिशतले कमी आएको छ ।