२०८२ कार्तिक २७ गते

मधेश प्रदेश : बैंकवित्तको निक्षपमा बृद्धि

बैंकिङ खबर / मधेश प्रदेशमा केन्द्रीय बैंकले निकालेको आर्थिक रिपोर्ट अनुसार उक्त प्रदेशको बेंकवित्तमा निक्षेप भने बढेर गएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा रु.१० अर्ब ९९ करोड ७ लाख कायम भएकोछ । गत आर्थिक वर्षमा यस्तो कर्जा रु.१५ अर्ब ९० करोड रहेको थियो । प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी रु.१ अर्ब ८६ करोड अर्थात् १६.९४ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम ४८ करोड अर्थात् ४.४३ प्रतिशत सप्तरी जिल्लामा रहेको छ । 

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले समीक्षा अवधिमा यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १६.६८ प्रतिशतले वृद्धि भई रु ४ खर्ब ७ अर्ब ७३ करोड पुगेको छ । गत आर्थिक वर्षमा यस्तो निक्षेप १७.८६ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ४९ अर्ब ४५ करोड पुगेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत आर्थिक वर्षकोतुलनामा ३।६२ प्रतिशतले वृद्धि भई रु ४ खर्ब ९५ अर्ब ८६ करोड हुन आएको छ । गत आर्थिक वर्षमा यस्तो कर्जा ६.२९ प्रतिशतले वृद्धि भई रु ४ खर्ब ७८ अर्ब ५३ करोड पुगेको थियो ।

समीक्षा अवधिमा मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था लघुवित्त वित्तीय संस्थासहितको कुल शाखा संख्या १ हजार ७ सय ५६ रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशमा सञ्चालित वैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या १ हजार ७ सय ५७ रहेको थियो । सञ्चालनमा रहेका शाखाहरूमध्ये वाणिज्य बैंकको ५८६, विकास बैंकको ८४, वित्त कम्पनीको ५३ र लघुवित्त वित्तीय संस्थाको १ हजार ३३ शाखा रहेको छ । जिल्लागत आधारमा शाखाहरूको उपस्थिति हेर्दा सबैभन्दा बढी धनुषा जिल्लामा २५० शाखा र सबैभन्दा कम रौतहट जिल्लामा १७७ शाखा रहेका छन्। समीक्षा अवधिमा यस प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको ब्त्ः ९ब्गतयmबतभम त्भििभच ःबअजष्लभ० संख्या ५१० रहेको छ । 

madesh pravince 81