Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेले दिए राजीनामा

२०८२ कार्तिक १३ गते
सेयर:


बैंकिङ खबर/ एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले पदबाट राजीनामा दिएका छन्।

संस्थाको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो। व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन्।

सञ्चालक समितिले पाण्डेको राजीनामा आगामी पुस ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ।