Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

समता माइक्रोफाइनान्सको आईपिओ खुल्यो, हेर्नुस् आवेदन दिने ठाउँहरु

२०७३ पुष १९ गते

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ९४ हजार ८०० कित्ता साधारण सेयर (आईपिओ) मंगलबार (पुस १९ गते)देखि खुला भएको छ । संस्थाले १०० रुपैयाँ अंकित मूल्यमा ९४ लाख ८० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि विक्री गरेको हो । जसमध्ये, एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारी र चार हजार ७४० कित्ता म्युचुअल फण्डहरुलाई आरक्षित गरिएको जनाइएको छ । बाँकी सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपिओमा छिटोमा पुस २२ र ढिलोमा माघ ४ गतेसम्म आवेदन दिन पाइनेछ । न्युनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । समताको सेयर सिनष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, बारास्थित माइक्रोफाइनान्सको कार्यालय लगायत बिभिन्न ११ संस्थामा सेयर आवेदन बुझाउन सकिने बताइएको छ ।

बाराको सिमरामा प्रधान कार्यालय रहेको माइक्रोफाइनान्सको चुक्ता पूँजी हाल दुई करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ । आईपिओ बाँडफाँड गरेपछि संस्थाको पुँजी तीन करोड १६ लाख रुपैयाँ पुग्नेछ ।