
बैंकिङ खबर/ मंगलबार सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन सोमबार वृद्धि हुँदै बन्द भएको नेप्से परिसूचक यस दिन १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.६० अंक, फ्लोट इन्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७१ अंकले घटेका छन्।
यसदिन बजारमा ३१७ कम्पनीका ७४ लाख ८८ हजार कित्ता सेयर ३८ हजार ८२७ पटकको कारोबारमार्फत ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँबराबर खरिदबिक्री भएका छन्। सोमबार झण्डै ५ अर्ब रुपैयाँको कारोबार भएको थियो।
दुई कम्पनीका सेयर यस दिन शुभम पावर र ग्रामीण विकास लघुवित्त सकारात्मक सर्किट लेभलमा पुगेका छन् । त्यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स को मूल्य करिब ६ प्रतिशतले बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को मूल्य करिब साढे ५ प्रतिशतले वृद्धि भएको छ। उता, समाज लघुवित्त वित्तीय संस्था को सेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि हिमालयन रि इन्स्योरेन्स (१६ करोडभन्दा बढी) र सिईडिबी होल्डिङ लिमिटेड (साढे १२ करोडभन्दा बढी) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
उपसमूहगत हिसाबमा १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूह घटेका छन्। व्यापार उपसमूह १.४८ प्रतिशतले उक्लिँदै अग्रस्थानमा रह्यो, जबकि विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन्।
