Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा

२०८२ आश्विन २८ गते
सेयर:

बैंकिङ खबर/ गरिमा विकास बैंकले सेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समिति बैठकले सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।

बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।