
बैंकिङ खबर/ गरिमा विकास बैंकले सेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समिति बैठकले सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।
बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।

