२०८२ आश्विन २७ गते

निर्धन उत्थान लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय स्वास्थ्यचौकी बजार कञ्चनपुरले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। उक्त तालिम कार्यक्रमको सञ्चालन शाखाका लेखापाल प्रमोद कुमार कुर्मीले गरेका थिए ।

शाखा प्रमुख गौतम थापाले तालिममा सहभागी सदस्य तथा अभिभावकलाई स्वागत गरेका थिए । कार्यक्रमको सुरुवात झाक्री विद्यालय माविकी प्रमुख मिना धामीको अध्यक्षतामा गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि दोधारा–चाँदनी नगरपालिका–८ की वडाअध्यक्ष मैना देवी सुनार तथा अतिथि क्षेत्रीय प्रबन्धक नवराज जोशीले पानसमा दियो बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसपछि अतिथि बलबहादुर खड्काले मन्तव्य राखेका थिए ।

क्षेत्रीय प्रबन्धक नवराज जोशीज्यूले तालिमको मुख्य उद्देश्य तथा महत्वबारे सहभागी सदस्यहरूलाई जानकारी गराएका थिए । त्यसपछि उनले संस्थाको हालको अवस्थाबारे पनि विस्तृत जानकारी प्रदान गरेका थिए ।

कार्यक्रमको समापन सभापति मिना धामीले गरेकी थिइन् । यसैगरी, वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण तथा सेवा–सुविधाबारे क्षेत्रीय प्रबन्धक नवराज जोशीले थप जानकारी दिएका थिए । त्यसपछि वित्तीय साक्षरतासम्बन्धी चलचित्र पनि देखाइएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रगति विद्यालय माविकी प्रमुख निर्मला सिंह र सारदा विद्यालय माविकी प्रमुख सारदा कायरले मन्तव्य व्यक्त गरेका थिए । समापन मन्तव्य क्षेत्रीय प्रबन्धक नवराज जोशीले राखेका थिए ।