सेयर बजारमा एकैदिन तीन करोड भन्दा बढी कित्ता सेयर थपिएको छ । नेप्सेमा सोमबार पाँच वटा कम्पनीको कुल तीन करोड एक लाख २४ हजार चार सय २१ कित्ता सेयर सूचिकृत भएका हुन् ।
नेप्सेले जनाए अनुसार नेपाल ईन्भेष्टमेन्ट बैंककोे एक करोड ४९ लाख १४ हजार २७ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बैंकले गत बर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिएको थियो ।
त्यस्तै नबिल बैंकको एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता बोनस सेयर पनि नेप्सेमा सुचिकृत भएको छ । नविलले लगानीकर्तालाई गत बर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर दिएको थियो ।
यसबाहेक, अपि पावर कम्पनीको पाँच लाख कित्ता सेयर, कन्ट्री डेभलपमेन्ट बैंकको दुई लाख ४१ हजार २८० कित्ता बोनस सेयर र मिथिला लघुवित्तको एक लाख ७९ हजार ७४० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सुचिकृत भएको छ ।