२०८२ आश्विन १८ गते

विपद्को समय : एटीएमलाई व्यबस्थीत गर्न र डिजिटल बैंकिङ सेवा उपयोग गर्न आग्रह

बैंकिङ खबर/ नेपाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले विपद् व्यबस्थापनको समयमा डिजिटल सेवालाई केन्द्र विन्दुमा राखेर बैंकिङ सेवा प्रवाह गर्न सबै बैंकवित्तलाई आवहान गरेका छन् ।

उनले बैंकिङ सेवा अत्यावश्क सेवा अन्तरगत पर्ने हुँदा डिजिटल माध्यमलाई उपभोग गर्न पनि आग्रह गरेका छन् । साथै एटीएममा प्रसस्त रकम राखेर व्यबस्थापन गर्न एवं डिजिटल सेवा प्रवाहमा फोकस हुन उनको अनुरोध छ ।

उनले आफ्नो फेसबुकमार्फत भनेका छन्  ‘यही असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग को सूचना समेतलाइ मध्यनजर गरी नेपाल सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालय वाहेकमा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।  बैंकिङ सेवा अत्यावश्क सेवा अन्तरगत पर्दछ । यो वेलामा भौतिक रूपमा  बैंकिंग सेवा लिने भन्दा पनि सुरक्षित  डिजिटल  बैंकिंग सेवाको उपयोग गर्न अनुरोध छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिंग सेवा सुचारू हुने व्यवस्था गरी कम भन्दा कम कर्मचारीको उपस्थित गराइ अत्यावश्यक बैंकिंग सेवा सञ्चालन गर्नु हुन अनुरोध छ ।’