बैंकिङ खबर/ अर्थ मन्त्रालयले तोकिएको रकम बाहेकको रकम वा स्रोत नखुलेको रकम भेटिए कानुन बमोजिम कार्बाही गर्नेगरी सवै निकायलाई निर्देशन गरेको छ ।अर्थ मन्त्रालयले विश्वका कुनै पनि देशबाट नेपाल आउने कुनै पनि देशी वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने व्यबस्था गरेको छ । मन्त्रालयका अनुसार सो रकम भन्सार घोषणा बिना ल्याउन सकिन्छ । तथापी ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक पर्ने छ । अर्थ मन्त्रालयले हरेक नागरिकले अधिकतम अमेरिकी डलर १,५०० भन्दा बढी कुनै पनि मुद्रा नगदमा नराख्न सूचना जारी गरेको छ । यत्र तत्र एकहजार र पाँचसय रुपैयाँको नोट बन्द गर्ने हल्ला फैलीएकै बेला सरकारले यस्तो सूचना जारी गरेको हो । नेपाल आउने जो कोही नागरिकले अमेरिकी डलर ५ हजारसम्म मात्रै ल्याउन सक्ने छन् । सो भन्दा बढी रकम ल्याउनुपरेमा भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने छ । स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको पनि अर्थ मन्त्रालयले जनाएको छ । कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने छ।