२०८२ आश्विन ९ गते

पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

बैंकिङ खबर/ अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि गत शुक्रबार गठन गरेको चार सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष प्रतिवेदन बुझाएको हो। पाँच दिनको समय दिएर नेपाल धितोपत्र बोर्डका कामु निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन भएको थियो।

कार्यदलले मार्जिन प्रकृतिको कर्जामा २५ करोडको सीमा हटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने लगायतका सुझाव दिएको छ।

कार्यदलको प्रतिवेदन Latest_emrkvd9