२०८२ आश्विन ३ गते

पूँजीबजार सुधारका लागि अर्थमन्त्रीले गठन गरे कार्यदल

बैंकिङ खबर/ पूँजीबजारमा विकसित विसंगति तथा समस्या समाधान गर्न अर्थमन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक (का.मु.) रुपेश केसीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक (का.मु.) निरञ्जन फूयाँल सदस्यका रूपमा रहेका छन् । कार्यदलको सदस्य–सचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला तोकिएका छन् ।

कार्यदललाई पूँजीबजारमा देखिएका समस्या र विसंगतिको अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि प्रणालीगत तथा प्रक्रियागत सुधारका ठोस कार्ययोजना ५ दिनभित्र पेस गर्ने जिम्मेवारी दिइएको छ ।

प्रेस विज्ञप्ती 2082.6.3_meftyig