Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राधिकरणका अध्यक्ष ओझालाई हाजिर नगर्न/नगराउन अर्थ मन्त्रालयको निर्देशन

admin २०८२ आश्विन २ गते
सेयर:

बैंकिङ खबर/ अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न÷नगराउन लिखित निर्देशन दिएको छ । ओझा प्राधिकरणमा गएर कामकाज गर्न थालेपछि बिहीबार लिखित पत्र काटेर उनलाई हाजिर नगर्न/नगराउन निर्देशन दिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

ओझाले अदालतबाट अन्तरिम आदेश पाएको पत्र अर्थ मन्त्रालयलाई प्राप्त नभएकाले अर्को निर्णय नहुँदासम्मका लागि उनलाई प्राधिकरणमा हाजिर नगर्न÷नगराउन लिखित पत्रमार्फत निर्देशन भएको पाण्डेयले बताए ।

ओझालाई अघिल्लो सरकारको भदौ २ मा ओझालाई बर्खास्त गरेको थियो । सो निर्णयविरुद्ध ओझा सर्वोच्च अदालत गएका थिए । भदौ २३ मा ओझालाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सोही आदेशको पत्रसहित ओझाले मंगलबार प्राधिकरण पुगेर हाजिर गरेका थिए । बुधबार सार्वजनिक बिदा थियो । बिहीबार ओझा बिहान १० बजे नै प्राधिकरण पुगेका थिए । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।