Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मुक्तिनाथ विकास बैंकले १८.२० प्रतिशत लाभांश दिने

२०८२ आश्विन २ गते
सेयर:

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँको १८.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश रहेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउँछन् ।