२०८२ भाद्र २९ गते

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा खनाल, ऊर्जामा घिसिङ

बैंकिङ खबरर/ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम तय भएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने बताइएको छ।

स्रोतले यसलाई प्रारम्भिक सूची भएको बताएका छन् र मन्त्रालयको जिम्मेवारी थपिन सक्ने उल्लेख गरेका छन्। मन्त्रालयको नियुक्तिको पत्र तयार भइसकेको छ। उनीहरूको शपथ ग्रहण भोलि बिहान हुनेछ।