Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

असहज परिस्थितिका कारण भएका क्षतिकाे दाबी शीघ्र फर्छ्यौट गर्नु: बिमा प्राधिकरण

admin २०८२ भाद्र २६ गते
सेयर:

बैंकिङ खबर/ नेपाल बिमा प्राधिकरणले सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बिमा दाबी यथासम्भव छिटो र सहज ढङ्गले फर्छ्यौट गर्न सम्पूर्ण निर्जीवन तथा लघु निर्जीवन बिमकहरूलाई निर्देशन दिएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै २३ गतेदेखि देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बिमा दाबी यथासम्भव छिटो र सहज ढङ्गले फर्छ्यौट गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले बिमितको धन सम्पत्तिमा भएको क्षतिको विवरण साप्ताहिक रूपमा पेस गर्न पनि भनेको छ ।

प्राधिकरणले भनेको छ- ‘देशका विभिन्न स्थानमा २३ गतेदेखि उत्पन्न असहज परिस्थितिले सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको सर्वविदितै छ। यस विषम परिस्थितिमा बिमितको धन सम्पत्तिमा भएको क्षति तथा उत्पन्न असहजतालाई मध्यनजर गर्दै, बिमा दाबीलाई सकेसम्म छिटो र सहज तरिकाले समाधान गर्नु ।’

क्षति भएका बिमा दाबीको विवरण प्रत्येक हप्ताको बुधबार अनिवार्य रूपमा प्राधिकरणलाई बुझाउनुपर्ने उल्लेख छ । प्राधिकरणले विषम परिस्थितिका कारण बिमितहरूलाई राहत प्रदान गर्न बिमा कम्पनीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।