Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंक लुटपाट र आगजनि गर्ने पाँचजनालाई नेपाली सेनाले पक्राउ गर्यो

२०८२ भाद्र २५ गते

बैंकिङ खबर / राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा लुटपाट गर्ने पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक आगजनी सहित लुटपाट गर्ने ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो । राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा लुटपाट पछि आगजनी भएको थियो । सो बैंक लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।