२०८२ भाद्र २४ गते

बैंकवित्त आन्दोलनको निशानामा पर्ने खतरा !

बैंकिङ खबर / आन्दोलनबाट सरकार ढलीसकेपनि जेनजी आन्दोलन रोकिएको छैन । पछिल्लो समय आन्दोलनले उग्र रुप लिँदै तोडफोड र लुटपाटतर्फ छिरेको छ । आन्दोलनले भाटभटेनी सुपर मार्मेट, सीजी टावर, गोल्छा निवास, चौधरी निवास, चन्द्रागिरि हिल, होटल हिलटन लगायतमा ठुलो क्षती भएको छ । राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड भइसकेको छ । यससँगै बैंकवित्त आन्दोनलको निशाानामा पर्ने संकेत देखिएको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले कुनै प्रतिक्रिया दिएको छैन । नेपाल राष्ट्र बैंकका प्रवक्ताको टोलीफोन लाग्दैन भने सह प्रबक्ताको टेलीफोन उठ्दैन । सोमबार र मंगलबार भएको आन्दोलनमा पनि कैयौं बैंकका कर्मचारी बैंक पुगेर फर्किए । नेपाल राष्ट्र बैंकले आधिकारकि सूचना समयमै दिन नसक्दा मंगलबार बैंक वित्त खोल्ने या नखोल्ने धेरैजसो सिइओहरु अन्यौलमा परे । राष्ट्र बैंकसँग समन्वय गरेर काठमाडौंसहित कर्फ्यु लागेका स्थानमा रहेका बैंकका शाखा बन्द गरिएको नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । तथापी यसबारे नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक शोशल मिडिया वा वेभसाइटमा केही उल्लेख गरेको छैन । सुरक्षाकर्मीलाई अहिलेसम्मको अबस्थामा हेर्ने हो भने सुरक्षाको अबस्था थेग्न कठिन छ ।