Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ओझाको पक्षमा सर्वोच्चको अल्पकालीन आदेश

admin २०८२ भाद्र २३ गते
सेयर:

बैंकिङ खबर/बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त शरद ओझाको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ। सोमबार न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश जारी हुने कि नहुने भनेर छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।

गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो। त्यसअघि उनीमाथि छानबिन गर्न असार ३० गते मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए।

गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।