
बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितिमा क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यताका साथ सु-सम्पन्न गरेको हो । कार्यक्रम भदौ १६ गतेबाट भदौ १९ गतेसम्म ४ दिन पोखरामा सञ्चालन भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य समशेर पराजुलीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यान क्लव, सिइयो क्लव, कर्पोेरेट क्लव हासिल गर्नुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य समशेर पराजुलीले बीमा व्यवसायमा अब्बल रहि विभिन्न क्लवहरुमा सम्मानित भएका उत्कृष्ट अभिकर्ताहरुलाई बधाई ज्ञापन गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिए ।
सोही कार्यक्रमको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो । सम्मानीत भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै रविन्द्र ढाँटले आफ्नो संघर्ष र सफलताको कथा शेयर गरे । उनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने बताए ।
कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो । यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो ।
