December 30th, 2016

सेवा विकास बैंकको २० प्रतिशत लाभांश पारित

सेवा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकको दशाँै वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पारित गरेको हो । पोखराको कामना विकास बैंकसँग मर्जरमा जाने सहमति गरेको सेवाले मर्जरअघि नै उक्त अनुपातमा बोनस सेयर दिन लागेको हो । 

बैंकले १२० प्रतिशत अर्थात एक बराबर एक दशमलव दुईको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गरेको छ । पुस २७ गतेसम्म निष्काशन हुने हकप्रद सेयर र १९ प्रतिशत बोनस सेयर वितरण गर्दा बैंकको चुक्तापुँजी एक अर्ब नाघ्नेछ ।