Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला

admin २०८२ भाद्र १४ गते
सेयर:

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शनिबार सूचना प्रकाशन गरी योग्यता भएका इच्छुक नेपालीलाई प्राधिकरणको अध्यक्ष पदका लागि ७ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ,‘खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य खामबन्दी आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझालाई खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेपछि सो पद रिक्त छ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ। जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा.खोमराज खरेल छन्।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।