बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा बढुवा तथा नयाँ पदपूर्ति गर्ने घोषणा गरेको छ । बोर्डले आज सूचना जारी गर्दै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवासँगै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति हुने जनाएको हो।
बोर्डका अनुसार कार्यक्षमता मूल्यांकनका आधारमा कार्यकारी निर्देशक १ जना, उपकार्यकारी निर्देशक २ जना, निर्देशक २ जना, सहायक निर्देशक १ जना र वरिष्ठ सहायक १ जना गरी ७ पदमा बढुवा हुनेछन्।
त्यसैगरी, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत सहायक निर्देशक (अधिकृत तृतीय) ३ जना (प्रशासन र कानुन) र वरिष्ठ सहायक (सहायक प्रथम) २ जना (प्रशासन) गरी नयाँ पदपूर्ति हुने बोर्डले जनाएको छ।
इच्छुक उम्मेदवारले नेपाल धितोपत्र बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन्। दरखास्त पेस गर्ने अन्तिम मिति असोज २ गते तोकिएको छ भने दोब्बर दस्तुर तिरी असोज ९ गतेसम्म दरखास्त दिन सकिने व्यवस्था गरिएको छ।