लुम्बिनी विकास बैंकमा कर्मचारी माग

बैंकिङ खबर/ लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार, गजेहडा शाखा र महेन्द्रनगर शाखामा शाखा प्रबन्धक र सुपरभाइजर पदका लागि रोजगारी खुला गरिएको हो।

बैंकले सो पदमा काम गरेको अनुभव भएका उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ २५ गतेभित्र आवेदन दिन सक्नेछन्।