
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ऋषिकेश भट्ट २२ वर्षे कार्यकाल पूरा गरी हालै सेवा निवृत्त भएका छन् । भट्ट २०६० सालमा उपनिर्देशक तहबाट राष्ट्र बैंकमा प्रवेश गरेका थिए ।
त्यसयता उनले विकास बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग लगायतका विभिन्न महत्वपूर्ण विभागहरूमा नेतृत्व गर्दै बैंकको व्यवस्थापन र नियमनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको अन्तिम पद वित्त व्यवस्थापन विभागको कार्यकारी निर्देशक थियो ।
नेपाल राष्ट्र बैंकमा गत जेठमा मात्र ५८ वर्ष उमेर हदका कारण जेठमा कार्यकारी निर्देशकहरू प्रकाशकुमार श्रेष्ठ र तुलसीप्रसाद घिमिरेले अवकाश पाएका थिए । निर्देशकको पहिलो वरीयतामा रहेका रामप्रसाद गौतम कार्यकारी निर्देशकमा बढुवा भएर गत असारमा अवकाश पाइसकेका छन् ।
यस्तै, प्रदीपराज पौड्यालले साउनमा ५८ वर्ष उमेर हदका कारण अवकाश पाएका छन् । असोजमा कार्यकारी निर्देशकका रूपमा ७ वर्ष अवधि पूरा गरी डा. गुणाकर भट्टले अवकाश पाउनेछन् ।
