Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चार विकास बैंकलाई गाभेको एनसीसी बैंकको एकीकृत कारोबार आगामी आइतबारदेखि

२०७३ पुष १५ गते

चार वटा राष्ट्रिय स्तरका विकास बैंकलाई गाभेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको एकीकृत कारोबार पुस १७ गते आइतबारदेखि सुरु हुने भएको छ । एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्टलाई गाभेर एकीकृत कारोबार सुरु गर्न लागेको हो । एनसिसिले एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाएको हो । एकीकृत कारोबार सुचारु गर्न आवश्यक व्यवस्था मिलाउनका लागि शुक्रवार र शनिवार पाँच वटै बैंकले प्रदान गर्दै आएका सबै बैंकिङ कारोवार बन्द हुने बताइएको छ । 

पाँच वटा संस्था गाभिएर बनेको एकीकृत संस्थाको चुक्तापुँजी चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुग्नेछ । बैंकका शाखा संख्या ९६ र कर्मचारी संख्या एक हजार २८ जना पुग्नेछ । त्यस्तै, मर्जपछि बैंकको निक्षेप ५२ अर्व रुपैयाँ पुग्नेछ भने कर्जा ४४ अर्व रुपैयाँ पुग्नेछ ।