२०८२ भाद्र ६ गते

‘व्याजदर सस्तो हुँदा पनि मौद्रिक नीतिका कारण गाडिको किनबेच कम छन्’

करण चौधरी, अध्यक्ष नाडा

धेरै मानिसलाई नाडा फुटेको हो कि भन्ने भ्रम छ, खासमा त्यो होइन । विविन्न क्षेत्रबाट प्रस्न आउनु स्वभाविकै पनि हो, तर वास्तविकता त्यस्तो होइन । यसलाई मैले अन्यथा पनि भन्दिन । जसजसले नाडा फुटेको भ्रम फैलाउँदै हुनुहुन्छ उहाँहरुलाई म प्रष्ट पार्न चाहान्छु कि नाडाका कुनै साथीहरुले नाडा छोडेर अर्को समुहमा जानुभएको छैन । अर्को कुरा नेपालमा धेरै शोहरु हुन्छन् । बर्षमा आठ÷नौ वटा त गाडिको मात्रै प्रदर्शन हुन्छन् । जुन एशोशिसयनको कुरा छ त्यो खडा हुनुमा के नयाँ कुरा छ र । जव कि विभिन्न पार्ट पुर्जाका पनि एशोसियसन छन् । इन्डीभिजुअल कम्पनीहरुको पनि एशोसियसन छन् । इभि कम्पनीको पनि एशोसियसन छ । लुव्रिकेटको पनि छ । अनि टायरको पनि एशोसियसन छ । यसर्थ नाडा विभाजित भएको छैन । यो भ्रम मात्रै हो ।

मौद्रिक नीतिले हाम्रो माग समेट्न सकेन

मौद्रिक नीतिले नाडा क्षेत्रलाई सहज गरिदिन्छ भन्ने आशा थियो, तर गर्न सकेन आगामी दिनमा सहजीकरण गर्ला भन्ने आशामा हामी छौं । त्यसका लागि आगामी पहिलो मौद्रिक त्रैमासीक समिक्षाले समेट्नु पर्ने कुराहरु छन् । बजेटबाट जुन कुरा समेटीयो, त्यो रुपमा मौद्रिक नीतिले हाम्रो मर्म बुझ्न सकेन भन्ने हो । तथापी यसबाट हामीले हार मानेका छौंनौं । आउँदा दिनमा आशावादी भएर बसेका छौं ।
हाम्रो र्दुइटा कुरा महत्वपूर्ण छ । एउटा लोन टु भ्यालुको हो । अर्को कुरा ग्रसरेट सर्भिसको कुरा छ । व्याजदर सस्तो हुँदा पनि नीतिगत कुराले गर्दा मानिसले गाडि किन्ने अबस्था हुँदैन । मुख्य कुरा लोन प्रवाह हुनुपर्छ । लोन प्रवाह हुने किसिमको नीति जरुरी छ त्यसका लागि नीतिगत र दिर्घकालीन विषयलाई हामीले उठाइरहन्छौं ।

इभि गाडिलाई पेट्रोल गाडिको विकल्प भन्न मिल्दैन
इभि गाडिलाई पेट्रोल गाडिको विकल्प भन्न मिल्दैन । विकल्प कुनै कुराकोमा अर्को कुनै कुरा हुन्छ भन्ने मलाई लाग्दैन । डिजेल र पेट्रोलकै कुरामा पनि विकल्प भन्न मिल्दैन भने इभि पनि विकल्प होइन । कसलाई कुन मन पर्छ कसलाई कुन मन पर्छ । यो व्यक्ति अनुसारको छनौटको विषय अवश्य हो । तर पेट्रोलीयम गाडिको विकल्प इभि गाडि भन्ने हुँदैन ।

नाडा अटो शोलाई अन्तर्राष्ट्रिय अटो शो का रुपमा लैजाने सम्भावना
सम्भावना भनेको सधै जहाँ पनि रहीरहन्छ । नाडा अटो शो पनि त्यस्तै सम्भावना बोकेको क्षेत्र हो । फ्लाईङ ट्याक्सी र रोवर्टको प्रयोगमा यसपालीको प्रदर्शनी भएको हुँदा यो शो दक्षिण एशियामा प्रभावकारी त देखिएको छ नै । यो कार्य अघि बढ्दै जाँदा भोलि के थाहा यसलाई नाडा अटो शोकै नामबाट विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय रुपमा लैजान सकिएला र कुनै दिन नाडाकै नामबाट विभिन्न देशमा यो प्रदर्शनी हुनपनि सम्भव देख्छु म ।

सवारी साधन लक्जरीयस होइन, आवश्यक कुरा हो 

पछिल्लो समयमा नेपाली नागरिकको पहुँच गाडिसँग बढ्दै गएको छ । हाम्रो आँकलन अनुसार दुई प्रतिशत भन्दा माथिले चारपांग्रे सवारी साधन चलाउँछन् । र ६ देखि सात प्रतिशतले अरु गाडि चलाउँछन्। संख्या बढ्दै गएपनि यो प्रतिशत अत्याधिक कम हो । नागरिकको दैनिक सहजीकरणमा सवारीसाधनले महत्वपूर्ण भूमिका खेलेको छ । यसलाई बुभ्न जरुरी छ र यो पहुँच बढाउन आबश्यक छ । सवारी साधनलाई अब लक्जरीयस क्याटगरीमा राख्नुपर्ने समय छैन । यो आवश्यक कुरा हो भनेर हामीले बुझाउन खोजीरहेका छौं, सरकारले पनि विस्तारै विस्तारै बुझ्दै आएको छ ।

सवारीसाधन विकास पनि हो 

गाउँलाई अर्थतन्त्रसँग जोड्नका लागि पनि सवारीसाधन अत्यावश्यक छ । त्यो क्रम बढ्दै गएको छ । तथ्याङकमा हेर्ने हो भने विगत सात आठ बर्षमा देशका धेरै क्षेत्रमा सवारीसाधनहरु फैलिएको छ । त्यो भन्दा अगाडि पूर्वी भेग र मध्यभेगमा फैलीएको थियो । पश्चिम र सुदुर पश्चिममा कम थिए । अहिले हेर्नुहुन्छ भने १० देखि १२ प्रतिशतसम्म सुदुर पश्चिममा र अर्को सात प्रतिशत पश्चिम भेगमा पनि फैलीएको छ । त्यो भनेको ठुलो गतिमा अघि बढेको हो । पूर्वाधार र टेक्नोलोजिको कुरामा हामी सधै अग्रसर छौं । नाडाले सधै सरकारलाई यस विषयमा घचघचाइरहेकै छ । नाडाका अध्यक्ष चौधरीसँग गरिएको कुराकानीमा आधारित