२०८२ भाद्र ३ गते

बैंकहरुले गतबर्षको लेखापरीक्षण प्रतिवेदन नयाँ ढाँचामा बनाउनुपर्ने !

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकहरुले तयार पार्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचा परिवर्तन गरेको छ । एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेको हो । नयाँ ढाँचा अनुसार गत आर्थिक वर्षको रिपोर्ट तयार पार्दादेखि नै कायम गर्नुपर्ने छ । आव २०८१ / ८२ को लेखापरीक्षण प्रतिवेदन अब बैंकहरुले नयाँ ढाँचामा बनाउनुपर्ने छ । आईटी, साइबर सेक्युरिटीको जोखिमका विषयमा, आन्तरिक नियन्त्रण प्रणालीतर्फ एवं राष्ट्र बैंकको अनुगमन प्रतिवेदन, डिजिटल बैंकिङसमेतबारे राय थप गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले लेखापरीक्षकले जोखिम व्यवस्थापनबारे दिनुपर्ने राय सहित कर्जा जोखिमजर्फ गैरबैंकिङ सम्पत्ति, ईएसआरएम, जोखिम व्यवस्थापन समितिबारे पनि राय दिनुपर्ने व्यवस्था संशोधित एकीकृत निर्देशनमा उल्लेख गरेको छ ।

पुरा विवरण :

Circular-1-LFAR_merged-2