२०८२ श्रावण ३१ गते

विकास बैंकहरु : लाभांश क्षमतामा कसको अबस्था कस्तो ?

 

बैंकिङ खबर/ गत आर्थिक वर्ष २०८१/८२ मा १४ वटा विकास बैंकहरुको खुद नाफा २२ प्रतिशतले बढेर कुल ५ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यी बैंकहरुको खुद नाफा ४ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा आठ बैंकको नाफा बढ्दा चार बैंकको नाफा घटेको छ भने दुई बैंक ऋणात्मक नाफामा रहेका छन्। सबैभन्दा बढी नाफा मुक्तिानाथ विकास बैंकले गरेको छ। यस बैंकको नाफा ३०.६९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। वृद्धिदरमा सिन्धु विकास बैंक अग्रस्थानमा रहँदा २८७.६० प्रतिशत वृद्धि भएको छ।

अन्य बैंकको प्रदर्शन यस प्रकार छ:

  • गरिमा विकास बैंक: २०१.९६% वृद्धि, १ अर्ब ३१ करोड नाफा

  • ग्रीन डेभलपमेन्ट बैंक: ७९.५१% वृद्धि, ६ करोड ९४ लाख

  • कामना सेवा विकास बैंक: ९.१८% वृद्धि, ६३ करोड ५२ लाख

  • सांग्रिला डेभलपमेन्ट बैंक: ६.५०% वृद्धि, ५३ करोड ७० लाख

  • महालक्ष्मी विकास बैंक: १.२५% वृद्धि, ५० करोड ६६ लाख

  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक: ०.४८% वृद्धि, ६८ करोड ८६ लाख

नाफा घट्ने बैंकहरू:

  • एक्सेल डेभलपमेन्ट बैंक: ५.९६% घटेर ४ करोड

  • मितेरी डेभलपमेन्ट बैंक: १०३% घटेर १३ करोड

  • लुम्बिनी विकास बैंक: ३०.१२% घटेर ३७ करोड

  • ज्योति विकास बैंक: ९२.७४% घटेर १ करोड

कर्पोरेट डेभलपमेन्ट बैंक १ करोड ६३ लाख र नारायणी डेभलपमेन्ट बैंक २ करोड ५१ लाख नोक्सानीमा रहेका छन्। विकास बैंकहरुको खराब कर्जा उच्च भएपनि लाभांश क्षमतामा भने अब्बल देखिएका छन् । ज्योति, सिन्धु, कर्पारेट र नारायणीबाहेक अधिकांश बैंकको लाभांश क्षमता दोहोरो अंकमा देखिएको छ । गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको रहेको छ ।

मुक्तिनाथको २०.७५ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, कामना सेवाको १७.३ प्रतिशत, शाइन रेसुङ्गाको १३.९६ प्रतिशत, मितेरीको १२.८३ प्रतिशत, गरिमाको १२.५९ प्रतिशत, सांग्रिलाको ११.६४ प्रतिशत, महालक्ष्मीको ११.५१ प्रतिशत लाभांश क्षमता देखिन्छ । ग्रीनको १०.६७ प्रतिशत, लुम्बिनीको ८.१३ प्रतिशत, एक्सेलको २.०९ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्क छ ।