२०८२ श्रावण ३० गते

बैंकिङ क्षेत्रमा २१ अर्ब बढी थप नाफा

बैंकिङ खबर/आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशत (२१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँ) बढी हो।

अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकको कुल नाफा ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ मात्र थियो। गत वर्ष चार बैंकबाहेक सबै बैंकको नाफामा वृद्धि भएको देखिन्छ।

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) छ, जसको नाफा ६४.४३ प्रतिशतले वृद्धि भई ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ पुगेको छ।

ग्लोबल आइएमई बैंकले १.०९ प्रतिशत वृद्धि सहित ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ नाफा कमायो। प्रभु बैंकको नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ।

एभरेष्ट बैंकको नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ, कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ, प्राइम बैंकको नाफा १४.७२ प्रतिशत वृद्धि भई ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंकले ४९.५३ प्रतिशत वृद्धि सहित ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। नेपाल बैंकको नाफा १३,१७५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकको नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ भएको छ। एनएमबी बैंकको नाफा ४६.२२ प्रतिशत बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

घटेको नाफा हुने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक (७.५०% घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार), नेपाल एसबिआई बैंक (९.८६% घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार), सिटिजन्स बैंक (२% घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार) र एनआईसी एशिया बैंक (७६.९६% घटेर १६ करोड १५ लाख ७३ हजार) रहेका छन्।

अन्य उल्लेखनीय वृद्धिमा सानिमा बैंकको नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ, कुमारी बैंकको नाफा ४५,८२९ प्रतिशत वृद्धि भई २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ, हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेका छन्।

कुन बैंकको नाफा कति ?

नबिल बैंक                                         ७ अर्ब १२ करोड 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक                 ६ अर्ब ७५ करोड 

ग्लोबल आइएमई बैंक                        ६ अर्ब २० करोड 

प्रभु बैंकको                                       ५ अर्ब ४४ करोड 

एभरेष्ट बैंक                                        ४ अर्ब ९१ करोड

लक्ष्मी सनराइज बैंक                          ४ अर्ब ११ करोड

प्राइम बैंकले                                     ४ अर्ब २ करोड, 

कृषि विकास बैंकको                         ३ अर्ब ८२ करोड

राष्ट्रिय वाणिज्य बैंक                           ३ अर्ब ८१ करोड

नेपाल बैंक                                         ३ अर्ब ७७ करोड

सिद्धार्थ बैंक                                       ३ अर्ब ३९ करोड

एनएमबि बैंक                                    ३ अर्ब २८ करोड 

स्ट्याण्डर्ड चार्टड बैंक                        ३ अर्ब २ करोड 

सानिमा बैंक                                      २ अर्ब ५७ करोड 

कुमारी बैंक                                       २ अर्ब ११ करोड

माछापुच्छ्रे बैंक                                   २ अर्ब १ करोड

नेपाल एसबिआई बैंक                         १ अर्ब ८० करोड

हिमालयन बैंक                                    १ अर्ब ५१ करोड

सिटिजन्स बैंक                                    १ अर्ब २९ करोड 

एनआईसी एशिया                               १६ करोड १५ लाख