
बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिमा कम्पनीका अधिकांश वित्तीय सूचकमा वृद्धि भएको छ।
१ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ४४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अन्य इक्विटी १६ करोड ३५ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड २६ लाख रुपैयाँ र स्पेसल रिर्जभ १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३५ करोड १२ लाख, अन्य इक्विटी १२ करोड ३८ लाख, महाविपत्ति कोष ९ करोड २० लाख र स्पेसल रिर्जभ १ अर्ब १३ करोड रुपैयाँ मात्र थियो।
समीक्षा वर्षमा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ७० करोड रुपैयाँको तुलनामा वृद्धि हो। पुनर्बीमा खर्च १ अर्ब २० करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो खर्च १ अर्ब १३ करोड रुपैयाँ थियो।
खुद बीमाशुल्क १०.७६ प्रतिशतले बढ्दै ६३ करोड ४९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा यो रकम ५७ करोड ३२ लाख रुपैयाँ मात्र थियो।
यस अवधिमा कम्पनीको खुद नाफा ३९.२२ प्रतिशतले बढेर २१ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो नाफा १५ करोड २२ लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ७० पैसा, मूल्य–आम्दानी अनुपात ६२ गुणा र प्रति शेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ।
