
बैंकिङ खबर/ जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दामा ठूलो वृद्धि भएको छ। परिसर प्रमुख विश्व अधिकारीका अनुसार, बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ मुद्दा बैंकिङ कसुरका रहेका छन्।
साथै, सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटनाहरू पनि बढेका छन्। परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेको प्रमुख अधिकारीले जानकारी दिएका छन्।
विगत आर्थिक वर्ष २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएका थिए भने २०८१/८२ मा संख्या बढेर ३२ पुगेको छ। ज्यानमार्ने उद्योगसम्बन्धी १४० मुद्दा पनि दर्ता भएको उनले बताए।
