Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल लघुवित्तको नाफा १३६% वृद्धि, ब्याज आम्दानी र सञ्चालन नाफामा पनि दोब्बर वृद्धि

२०८२ श्रावण २८ गते
सेयर:

बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा १३६.३ प्रतिशतले वृद्धि भएर ४७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

कम्पनीले अघिल्लो आवमा २० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, खुद ब्याज आम्दानी ४४.५९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो १ अर्ब ११ करोड ७२ लाख रुपैयाँ थियो।

सञ्चालन नाफामा पनि दोब्बर वृद्धि देखिएको छ। अघिल्लो वर्ष सञ्चालन नाफा ३३ करोड ७९ लाख रुपैयाँ रहेकोमा, गत वर्ष ६७ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको कम्पनीले जनाएको छ।

कम्पनीको वित्तीय विवरणअनुसार, प्रतिसेयर आम्दानी ३५.६० रुपैयाँ, मूल्य-आम्दानी अनुपात ३९.३३ रुपैयाँ, नेटवर्थ २४५ रुपैयाँ प्रति शेयर र तरलता अनुपात २०.३० रहेको छ।

नेशनल लघुवित्तको यो वित्तीय प्रगति संस्थाको स्थिरता र लगानीकर्ताप्रतिको विश्वास बढाउने संकेतको रूपमा लिइएको छ।