२०८२ श्रावण २७ गते

भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालकबीच के फरक छ?

बैंकिङ खबर/ नेपालमा विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरू मुख्यतया दुई प्रकारका हुन्छन् — भुक्तानी सेवा प्रदायक (Payment Service Provider–PSP) र भुक्तानी प्रणाली सञ्चालक (Payment System Operator–PSO)।

भुक्तानी सेवा प्रदायक (PSP) ले सर्वसाधारण सेवाग्राहीका लागि वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्वको भुक्तानी गर्ने, स्वदेशमा रकम स्थानान्तरण गर्ने तथा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्ने गर्छन्।

यस्तै, भुक्तानी प्रणाली सञ्चालक (PSO) ले समाशोधन गृह (Clearing House), विद्युतीय कार्ड वा अन्य अनलाइन भुक्तानी सञ्जाल सञ्चालनमार्फत भुक्तानी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको जिम्मेवारी वहन गर्छन्।

यी दुबै प्रकारका संस्था विद्युतीय भुक्तानी प्रणालीलाई सुरक्षित, छरितो र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।