रोयल आचार्य
काठमाडौं उपत्यकामा लोडसेडिङ बन्द गरेर एकाएक चर्चाको शिखरमा पुगेका कुलमान घिसिङले आगामी जेठ भित्रमा देशभर लोडसेडिङ अन्त्य गर्ने योजना बनाएका छन् । नेपालमा उत्पादन भइरहेका जलविद्युत् आयोजनाबाट बिद्युतको सहि सदुपयोग तथा निर्माणाधिन आयोजनाबाट बिद्युत उत्पादन गरी आगामी जेठ भित्रैमा नेपाललाई लोडसेडिङ मुक्त बनाउने योजनामा घिसिङ लागेका छन् । कसैले नसोचेको काम गरेर नेपालको जल विद्युत इतिहासमा नयाँ रेकर्ड राख्न सफल भएका घिसिङ अहिले नेपालीहरुको हाइहाई बनेका छन् । देशलाइृ लोडसेडिङ मुक्त गराउन ठूलो कुरा नभएको वताउदै आएका घिसिङले काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य त केवल परिक्षण मात्र भउको वताउदै आएका छन् । आगामी जेठ भित्र नेपाल अधिराज्यलाई लोडसेडिङ मुक्त बनाउन कुनै पनि कसरत नराख्ने बिद्युत् प्राधिकरणले जनाएको छ । उत्पादित जल विद्युत्को कुशल व्यवस्थापन, निर्माणाधिन जल विद्युत्लाई तिब्र गतिमा काम गर्न आवश्यक पहलका साथै अपुग भएको अवस्थामा भारतबाट खरिद गरेर भए पनि नेपालाई लोडसेडिङ मुक्त देश बनाएरै छाड्ने रणनीति बिद्युत् प्राधिकरणले अपनाएको छ ।
कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा प्राधिकरणले नयाँ इतिहार बनाएको छ । गत असोजबाट राजधानीमा लोड सेडिङ भएको छैन् । यहि प्रक्रियालाई निरन्तरता दिदै देशभरको विद्युत् कटौती अन्त्य गर्ने तयारी प्राधिकरणले गरिहेको छ । यसका लागि प्राधिकरणले तीव्र रुपमा विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको उनको भनाइ छ ।