२०८२ श्रावण २३ गते

दुई नयाँ म्युचुअल फण्डलाई सार्वजनिक निष्कासनको अनुमति

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले हिमालयन लार्ज क्याप फण्ड र आरबीबी फोकस ४० फण्डलाई सार्वजनिक निष्कासनको अनुमति प्रदान गरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरका ४० करोड इकाई निष्कासन गर्ने अनुमति पाएको छ।

त्यस्तै, आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री गर्न बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।

यी दुवै योजना बन्दमुखी प्रकारका छन्। हिमालयन लार्ज क्याप फण्डले साउन २२ गते भने आरबीबी फोकस ४० फण्डले साउन २३ गते बोर्डबाट अनुमतिसहित निष्कासन प्रक्रिया अघि बढाएको छ।