बैंकिङ खबर/ भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया ले २०२५ को नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । यसपटक रेपो दरमा कुनै परिवर्तन गरिएको छैन। यसले ऋणको ब्याजदरमा तत्कालै राहत नदिने देखिन्छ। मौद्रिक नीतिमा रेपो दरलाई ५.५० प्रतिशतमा कायम राखिएको छ। दोस्रो, वित्तीय वर्ष २०२५ र २६ का लागि आर्थिक वृद्धि दर ६.५ प्रतिशत अनुमान गरिएको छ। मुद्रास्फीति ३.१ प्रतिशत रहने अपेक्षा गरिएको छ। यसका अलवा, आर्थिक स्थिति स्थिर राख्नका लागि विभिन्न उपायहरू पनि उठाइएका छन्।
भारतको हालको मौद्रिक नीतिमा उल्लेख महत्वपूर्ण पाँच बुँदाहरु यस प्रकार छन् ।
१। रेपो दरलाई ५.५० प्रतिशतमा कायम राखिएको छ, जसले मुद्रास्फीति को नियन्त्रण गर्न मद्दत गर्नेछ।
२। अर्थव्यवस्थाको वृद्धिदरलाई स्थिर राख्न, तरलता व्यवस्थापनमा विशेष ध्यान दिएको छ।
३। मुद्रास्फीति को स्तरलाई लक्ष्यित दायरा भित्र राख्नका लागि खाद्य पदार्थ र तेलको मूल्यमा ध्यान दिएको छ ।
४। आर्थिक विकासलाई प्रोत्साहन गर्न, विशेष गरी लगानी र उद्योगलाई सहज बनाउन विभिन्न नीतिगत सहयोगहरू प्रदान गर्नु।
५। वित्तीय स्थिरता कायम राख्न, बैंकिङ् प्रणालीमा आवश्यक सुधारहरू लागू गगर्ने भएको छ ।






