Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो सुपरभाइजरदेखि जुनियर एसिस्टेन्टसम्म

२०८२ श्रावण २१ गते


बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले केन्द्रीय कार्यालय बालुवाटारका लागि जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट र सुपरभाइजर पदका लागि कर्मचारी मागेको हो।

इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ। यस्तै, बैंकिङ क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ। ३५ वर्ष ननाघेका इच्छुकले साउन २७ गतेसम्म आवेदन दिन सक्नेछन्।