२०८२ श्रावण २० गते

माछापुच्छ्रे बैंकको नाफा झण्डै दोब्बर: कर्जा नोक्सानी घटेपछि लाभांश क्षमतामा सुधार

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकले २०७९/८० मा तुलनात्मक रूपमा झण्डै दोब्बर नाफा आर्जन गर्दै वित्तीय रूपमा बलियो प्रगति गरेको छ।

बैंकले २०८१/८२ आर्थिक वर्षमा २ अर्ब १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको १ अर्ब ४ करोड ५२ लाख रुपैयाँ नाफासँग तुलना गर्दा यो ९२.४५ प्रतिशतको वृद्धि हो।

बैंकको कुल निक्षेप १६.०९ प्रतिशतले वृद्धि भएर १ खर्ब १४ अर्ब १८ करोड पुगेको छ भने कर्जा प्रवाह ११.७४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

व्यवसायको विस्तारसँगै खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख पुगेको छ। फि तथा कमिसन आम्दानी १८.१६ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५ लाख पुगेको छ।

नाफा वृद्धिको अर्को मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापनमा गरिएको कटौती हो। अघिल्लो वर्ष १ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ छुट्याइएकोमा यस वर्ष केवल ३५ करोड ३८ लाख मात्र छुट्याइएको छ।

यसको प्रत्यक्ष असर बैंकको सञ्चालन नाफामा देखिएको छ। सञ्चालन नाफा ९९.९१ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ।

हाल बैंकको गैर सञ्चालन खर्च ४७ करोड ८३ लाख रुपैयाँ छ।

वित्तीय सूचकहरू:

चुक्ता पुँजी: ११ अर्ब ६२ करोड

सञ्चित नाफा: १ अर्ब ७ करोड

जगेडा कोष: ६ अर्ब ३१ करोड

निष्क्रिय कर्जा अनुपात (Gross NPL): ३.८३%

खुद निष्क्रिय कर्जा (Net NPL): १.१९%

प्रतिसेयर आम्दानी (EPS): १७.३० रुपैयाँ (अघिल्लो वर्ष ८.९९)

प्रतिसेयर नेटवर्थ: १६३.०८ रुपैयाँ

लगानीमा प्रतिफल (ROA): ११.१३%

प्राथमिक पुँजीकोष अनुपात: ९.४१%

लाभांश क्षमता: ९.२३%

आधार दर (Base rate): ६.३०%

अन्य विशेष उपलब्धिहरू:

बैंकले गैर बैंकिङ सम्पत्ति बिक्री गरी रेगुलेटरी रिर्जभबाट ४६ करोड १४ लाख फिर्ता गरेको छ। साथै, उठ्न नसकेको बक्यौता ब्याज संकलन गरी २ अर्ब ९१ करोड नियामकीय जगेडा कोषबाट सञ्चित नाफामा ट्रान्सफर गरिएको छ।

वितरणयोग्य नाफा:

बैंकले १ अर्ब ४४ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाए पनि अघिल्लो आवको सञ्चित घाटाले गर्दा वितरणयोग्य नाफा १ अर्ब ७ करोडमा सीमित भएको छ।