२०८२ श्रावण १९ गते

बैंकिङ कसुर मुद्दाः छुटे दुर्गा प्रसाईं, यस्तो छ बैंकिङ कसुरमा उच्च अदालतको आदेश

 

बैंकिङ खबर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् ।

सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

त्यस्तैसीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् ।